- <span;>पाँचथर । फिदिममा निशुल्क आँखा शिबिर बस्ने भएको छ । जनसेवा समाज पाँचथरको आयोजनमा माघ १५ गते देखि १८ गते सम्म फिदिममा निशुल्क आँखा जाँच, शल्यक्रिया शिबिर बस्ने भएको हो । फिदिम नगरपालिकाको ५ लाख ९८ हजार आर्थिक सहयोगमा संचालन हुन लागेको उत्त शिबिरमा प्राबिधिक सहयोग मेचि आँखा अस्पताल झापाले गर्न लागेको हो । मेची आँखा अस्पतालका १२ देखि १५ जना विशेषज्ञबाट आँखा रोगिलाइ सेवा दिने जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारिले आज पत्रकार सम्मेलन मार्फल जानकारी दिएका हुन् । उक्त शिबिरमा आँखा परिक्षण , चस्मा जाँच, औषधि निशुल्क हुनुको साथै मोति बिन्दु, खस्रे रोगको शल्यक्रिया गर्ने बिरामिलाइ खाना बस्न समेत निशुल्क हुने अधिकारिले जानकारी दिएका छन । जिल्ला अस्पतालको नया भवनमा संचालन हुने उत्त शिबिरमा फिदिमका १४ वडालाइ पहिलो प्राथमिकतामा राखेपनी आँखा रोगी कोहि नछुटुन भन्ने अभिप्राय रहेको आयोजक जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारिले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
फिदिममा निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर बस्दै
फिदिममा निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर बस्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस