पाँचथर । बुधबार केन्द्रिय तथ्याङ बिभागले २०७८ को प्ररम्भीक जनसंख्या सार्वजनिक गरेको छ । बिभिागले सार्वजनिक गरेको तथ्याङक अनुसार २०७८ मा पाँचथरकोको जनसंख्या १ लाख ७४ हजार चार सय १९ रहेको छ । जुन २०६८ को जनसंख्या भन्दा १७ हजार ३ उन्नासयले कम हो । अहिले पाँचथरको जनसंख्या बृद्धिदर ऋणत्मक रहेको छ । बृद्धिदर -०.९१ रहेको तथ्याङक बिभिागले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ । २०६८ को जनसंख्या अनुसार पाँचथरको जनसंख्या १ लाख एकानब्बे हजार ८ सय १७ रहेको थियो ।
बुधबार सार्वजनिक भएको प्ररम्भीक जनसंख्या अनुसार पाँचथरमा ४३००३ परिवार र १७४४१९ जनसंख्या रहेको छ । जसमा, ८७०३३ जना पूरुष र ८७३८६ जना महिला रहेको जनाइएको छ ।
बुघबार सार्वजनिक भएको प्ररम्भीक जनसंख्या अनुसार पाँचथरमा सबै भन्दा बढि जनसंख्या फिदिम नगरपालिकको ४८७१३ रहेको छ ।सबै भन्दा कम तुम्बेबा गाउँपालिकामा ११०६३ रहेको छ । त्यस्तै कुम्मायक गाउँपालिकाको १३०२०, याङवरक गाउँपालिकाको १६८२८,हिलिहाङ गाँउपालिकाकाे २०५३७, फालेलुङगाँउपालिकाको २०५३१, फाल्गुनन्द गाँउपालिकाको २१२५३ र मिक्लाजुङ गाउँपालिकाको २१३२८ रहेको छ ।
हेर्नुहाेस पालिकाकाे जनसंख्या