पाँचथर । जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट जडान गरि सञ्चालनमा आएको छ । अघिल्लो आर्थिक बर्षदेखि प्लान्ट राख्नका लागि काम अघि बढेको थियो । १ नम्बर प्रदेश सरकारको बजेटमा प्लान्ट निर्माण गरीएको हो ।
एकैपल्ट ३५ वटा बेडमा अक्सिन आपूर्ती गर्न सक्ने तथा एकदिनमा ३० सिलिण्डरसम्म अक्सिजनमा भर्ने गरी प्लान्ट सञ्चालनमा आएको हो । ९७ लाख २८ हजार खर्चिएर गरी प्लान्ट सञ्चालनमा आएको हो । यस अघि जिल्लामा आवश्यक अक्सिजन भर्नका लागि झापा सिलिण्डर पठाउनु पर्ने बाध्यता थियो ।
कोरोनको दोश्रो लहर चल्दा अक्सिनको हाहाकार भएको थियो । विभिन्न ठाँउबाट अक्सिजन सिलिण्डर भेला गरेर भर्न पठाउनु पर्ने बाध्यता रहेको थियो । विहिवारबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।
हाललाई यो प्लान्टबाट सिलिण्डरमा अक्सिजन भर्ने काममात्र हुने छ । वेडमा अक्सिजन आपूर्ती हुने पाईपलाई निर्माणाधिन अस्पतालको भवनमा जोडिएको छ । तर यो भवन निर्माण सम्पन्न गर्न केहि समय लाग्ने देखिन्छ । अस्पतालको भवन निर्माणको काममा ढिलाई भईरहेको छ । चैतसम्मलाई ठेकेदार कम्पनीको म्याद तेश्रो पल्ट थपिएको छ ।
केहि साता अघि भएको अनुगमनमा ठेकेदारले माघ मसान्तसम्म काम सक्ने प्रतिवद्धता जनाएको थियो । तर हालको प्रगति हेर्दा सम्भावनादेखिएको छैन् । ‘हामीले अनुगमन गर्दा माघ मसान्तसम्मका काम सक्ने प्रतिवद्धता थियो । अहिले हर्दा सकिने जस्तो देखिएको छैन्’ जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष विष्णु सापकोटाले भने ‘काम चाडो सक्नका लागि ताकेता गरिहेका छौँ ।’
यो अस्प्तलामा पाँचथर, तेह्थुमको आठराई क्षेत्र र ताप्लेजुङका विभिन्न गाँउबाट विरामी उपचार गर्न आउँछन् । एकैपल्ट तीनवटा सिलिण्डर भर्न सकिने र एउटा सिलिण्डर भर्नलाई ४० मिनेट लाग्ने बताईएको छ । जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सुविधा थपिएको जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. वुद्धि बहादुर थापाले बताए । ‘वाहिर भर्न लैजादा धेरै खर्च हुने गरेको थियो । बेडमै अक्सिजन पुगेपछि थप सुविधा हुन्छ’ उनले भने ।
कोरोनाको दोश्रो लहर चलिरहदा हाहाकार भएको अक्सिजन जिल्लामा उत्पादन हुने गरी प्लान्ट जडान भई सञ्चालनमा आउनु सुविधाको विषयको रुपमा रहेको छ । तर वेडसम्मको पाइप लाईन अस्पतालको भवन बनिनसक्दा तत्काल प्रयोगमा आउन कठिन हुने देखिन्छ । यस तर्फ सम्बन्धीत निकायको ध्यान पुग्न आवश्यक छ ।