पाँचथर । कोरोना संक्रमणको जोखिम अझै कायम रहेको भन्दै डिसिएमसि पाँचथरले शुक्रबार माघ मसान्त सम्म विद्यालय बन्द राख्ने निणर्य गरेको छ । यो डिसिएमसि पाँचथरको तेस्रो निणर्य हो । तर, यस अघि विद्यालय बन्द गर्ने निणर्यको बिरुद्ध पाँचथरका ३ वटा स्थानिय तहले आफ्नो पालिका भित्र विद्यालय सञ्चालन गरिरहेका छन् ।
विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भए पनि आफुले गरेको निणर्य कार्यान्वयन गराउन डिसिएमसि असफल रहयो । २ वटा बैठकको निणर्य कार्यान्वयन गराउन नसकेका डिसिएमसिले शुक्रवार पुन ःमाघ मसान्त सम्म विद्यालय बन्द गर्ने निणर्य गरेको छ ।
शैक्षिक सत्र पुरा नहुने र कोभिडको असर नदेखिएको भन्दै मिक्लाजुङ, फालेलुङ र तुम्बेवाले विद्यालय सञ्चालन गरिरहेका छन्