पाँचथर–पाँचथर सदरमुकाम फिदिममा फुटलव प्रतियोगिता तथा लगायतका अन्य गतिविधि हुने फिदिम खेलमैदानलाई व्यवस्थीत रंगशाला बनाउने काम बिचैमा अलपत्र भएको छ । चालु आर्थिक बर्षको असार मसान्तसम्म सक्ने गरी ठेक्का लागेपनि केहि काम गरेर रोकिएको छ ।
बर्षेनी ठुला फुटवल प्रतियोगिता हुने यो खेलमैदान अहिले लथालिङ्ग अवस्थामा रहेको छ । फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता प्रतियोगिता खेलमैदान हुँदा रोकिएका छन् भने अलपत्र खेलमैदानको भविष्य के हुने भन्ने अन्योल छाएको छ । पाँच महिना अगाडी देखि काम रोकिएको छ । खेलमौदान निर्माण सकिने अन्योलतासँगै जिल्लामा हुने फुटवल गतिविधि पनि अन्योलमा परेको छ ।
पेश गरेको विलको भुक्तानी नभएकाले काम रोकिएको ठेकेदारको भनाई रहेको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको विवादका कारण आर्थिक कारोबार हुन नसकेको बताइएको छ । विल क्लेम गरेपनि भुक्तानी नभएको भन्दै काम रोकिएको राष्ट्रिय खेलकुद परिषदका इन्जीनियर केवल परियारले बताए । काम अघि बढाउन भनेर ठेकेदारलाई पत्र पठाएको उनले बताए । सम्झौता भएको १७ महिनामा काम सक्ने गरी अघिल्लो बर्ष माघ २५ गते पिएस/किरातेश्वर/मैनाचुली जेभीले ठेक्का सम्झौता भएको थियो ।
भुक्तानी नपाएपछि काम रोकिएको निर्माण कम्पनीका सुरेश काफ्लेले बताए । भुक्तानी पाए काम थाल्ने उनको भनाई छ ।
केहि काम भएर रोकिएको खेलमैदानको काम कहिले अघि बढ्ला भनेर फिदिमबासिले चासो दिईरहेका छन् । तत्काल काम अघि बढाउनु पर्ने माग रहको छ ।
चालु आर्थिक बर्षमा ५० लाखमात्र बजेट हुँदा थप अन्योलता छ । गरीएको रंगशाला निर्माणको काम १० करोड ६३ लाख ५७ हजारमा ठेक्का लागेको थियो । सदमरमुकाममा फिदिम माध्यमिक विद्यालयको स्वामीत्वमा रहेको खेलमैदानलाई सुविधा सम्पन्न रंगशाला भएपछि खुसि छाएको थियो । स्तरीय फुटबल खेलमैदान, प्याराफिट सहित व्यापारीक प्रयोजनका लागि सटर बनाउने गरी ठेक्का लगाइएको थियो ।
बजार क्षेत्र भित्र रहेको एकमात्र खेलमैदान भएकाले पनि यसलाई महत्वका साथ लिईन्छ ।