सरला रेग्मी,
पाँचथर । जहाँ इच्छा त्याहाँ उपाय भन्ने भनाइको उदाहरण पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ का दिपेन्द्र चेम्जोङ हुन् । उनको खुट्टा चल्दैन, ह्वील चियर छैन भने हिडडुल गर्न पनि अरुको साहारा नै चाहिन्छ । तर फरक क्षमता भएर पनि इच्छा छ भने सफल भइन्छ भन्ने उदाहरण दिपेन्द्र चेम्जोङलाई मान्न सकिन्छ । शारीरिक रुपमा अपांग रहेका चेम्जोनलाई पाखामा उम्रीएको बाँसले फुर्सदिलो समयलाइ सदुपयोग गर्ने मात्र होइन आर्थिक आम्दानी तथा परिचयपनी दिएको छ । धन कमाउन बिदेश हिडे्का चेम्जोङ २०६० सालमा झापाको चारआलिमा दुर्घटनामा परेर उनको स्पाइनल कड भाचिएको थियो ।
महिनौ अस्पतालको ओछ्यानमा रहेका उनी अस्पतालको ओछ्यानबाट ह्वील चियरको बसाई भन्दा अन्त सर्न सकेनन् । जे सोचेर उनी घर छोडेका थिए,त्यस्को उल्टो हुदा उनले केही समय मानसिक तनाबबाट पनि गुज्रीनु पर्यो ।
बाँसको सामाग्री बनाउने उनको शोख होइन तर फुर्सदको समय सदुपयोग गर्न उनले बाँसलाइ रोजेका हुन् । तालिम लिएका छैनन् ,व्यवसाहिक रुपमा संचालन गरेकापनी होइनन् । न कतै सिकेकानै हुन् । देखेका केही बस्तुलाइ बाँसबाट बनाउदा कस्तो हुन्छ भन्ने परिकल्पनाले उनलाइ यहाँ सम्म ल्याएको छ । उनले बनाएका बाँसका सामाग्री हेर्दा लाग्छ कि, यी हातबाट नै बनेका होइनन् ।
उनले बनाएको बाँसको तोङ्बा खाने भाडो नेपालमा मात्र होइन हङकङ पनि जान्छ । नेपालमा काठमाडौ ,धरान,बिर्तामोड बढी जसो जान्छ । उनी भन्छन माग अनुसार धान्न सक्दिन, बाँस काटेर ल्याउने कामदार राखेका छन बाकी काम ह्वील चियरकै माध्यमबाट गर्ने चेम्जोङ दिनभरी घरमा एक्लै बस्छन् । दुई छोरा एक छोरी र श्रीमती सहित बसेपनी पढाइको शिलसिलामा छोराछोरी बाहिर छन् । श्रीमती गाउँपालिकामा काम गर्छिन् । सहकारीक्षेत्रमा पनि सक्रिय चेम्जोङ आफ्नो अधिकतक समय बाँसका सामाग्री निर्माणमा व्यस्त हुन्छन् । कुनै समय खाली बस्दा मानसिक तनाब बाटपनी गुज्रिएका उनी अहिले फुर्सद नहुदा खुशी छन् ।
बाँसका थुप्रै सामाग्री उनको घरमा छ जस्तो तोङ्बा खाने भाडो, लोपोन्मुख बाजा बिनायो,बासुरी, यलम्बर बाजा,सारङी, एकतारे,जुन किराँतहरुको धर्ममा प्रयोग गरिन्छ,त्यस्तैव मर्चुङा, बाँसको चिम्टी,फुलदानी, सजावटका सामाग्री बनाए पनि अहिले उनी तोङ्बाको भाडा र चिम्टी धेरै बनाउनेतर्फ लागिपरेका छन् । उनले बनाएको तोङ्बा हङ्कङबाट पनि माग आएको उनी बताउछन् । उनले बनाएको बाँसको चिम्टी धेरै जसो काठमाडौबाट अर्डर आउने उनी बताउछन् ।
६ घना बाँसबाट उनले ३१ ओटा तोङ्बा खाने भाडो बनाउछन जस्तो एउटाको मुल्य उनले ४५ सय लिन्छन भने चिम्टीको मुल्य २५० लिने गरेको चेम्जोङ्ले बताएका छन् । उनको घर अपांगमैन्त्री छ । तर सेवा सुबिधा लिन जाने सरकारी निकाय र सार्वजनिक स्थलमा अपांगको लागि सहज नहुदा र साना साना चिजको लागि अपांग हुँदापनि दुख बेहोर्नु पर्दा उनी सरकार र बनेका संम्यन्त्र प्रती गुनासो गर्छन् ।
उनले बाँसकै निवाफु (चित्रामुन्द्री), पहिला पहिला सांङ्केतिक भाषाको लागि साधुसन्तले प्रयोग गर्ने बिनायो बाजा जस्को अहिलेपनि माग बढी नै रहेको चेम्जोङ बताउछन । बिनायो बाजा, यलम्बर बाजा,सारङी, चरी बाजा बनाउन मात्र होइन उनलाइ बजाउन पनि आउँछ ।
बाँसबाट दैनिक प्रयोगमा हुने, सजावटका रुपमा प्रयोग हुने सामाग्री पनि बनाउछन। उनी जस्ता अपांग जिल्लामा मात्र होइन देशैभरी छन् । आर्थिक अभाव, संघर्ष तथा कठिन परिस्थितिबाट इच्छा जगाएका र अपांगमय जीवन बिताइरहेका दिपेन्द्र चेम्जोङ जस्ता व्यवसाहीलाई सरकारको प्रोत्साहन र सहयोग मात्र होइन कागजी रुपमा बनेका अपांगमैन्त्री संरचना निर्माणमा सरकारले ध्यान पुर्याउन जरुरी देखिन्छ ।