पाँचथर ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
मंगलबार बिहान ताप्लेजुङ १ की ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलले जानकारी दिए ।
कोभिड १९ विरुद्धको ;खोप नलगाएकी ती महिलाको माघ २३ गते आरडीटी परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। कोरोना उपचार हुँदै उनको मृत्यु भएको बताइएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा पोखरेलका अनुसार महिलामा स्ट्रोकसमेत भएको थियो। यससँगै प्रतिष्ठानमा हालसम्म ४४१ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।