झापा ।झापा मेचीनगर नगरपालिका– १४ दुहागडीस्थित मगमग चाउचाउ कारखानामा ३ घण्टा अघिदेखि आगलागी भइरहेको छ ।बिहान ५ बजेदेखि लागेको आगो निभाउन अहिले १४ वटा दमकलले प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा आउने कुनै लक्षण देखिएको छैन ।
आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलामका १४ वटा दमकल रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
मगमग झापाको एकमात्र चाउचाउ उद्योग हो । आगलागीको कारणा भने खुल्न सकेको छैन ।केही दिन अघि मेचीनगर ६ काँकडभिट्टाको एसएस फुटवेयरमा भएको भीषण आगलागीमा साढे आठ करोड बढीको क्षति भएको थियोे ।