काठमाडौं । अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसिसी) को पक्षमा मतदान गर्न सत्तारुढ कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भएर एमसिसीको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गरेको एक कांग्रेस सांसदले जानकारी दिए।
‘पार्टी संसदीय दलले एमसिसीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। सोहीअनुसार प्रतिनिधिसभा बैठकमा उपस्थित हुन्छौँ,’ ती सांसदले भने।
सत्ता साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले एमसिसीको विपक्षमा उभिने निर्णय गरिरहँदा कांग्रेसले एमसीसी जसरी पनि पारित हुनुपर्ने अडान लिएको छ।