गिरिराज बाँस्कोटा,
पाँचथर । अदालतको भवन निर्माणमै ढिलाई भन्ने सुन्दा सार्वजनिक निर्माणको अवस्थाको कस्तो होला भन्ने प्रश्न उठ्नु स्वभाविक हो । न्यायलयकै भवन निर्माण गर्न ढिलाई गर्ने ठेकेदारले अन्य निकायको काममा कसरी काम गरिरहेका होलान समान्य विश्लेषण गर्न सकिन्छ ।
२०७४ सालमा निर्माण सुरु भएको पाँचथर जिल्ला अदालतको भवन अझै सम्पन्न भएको छैन् । केहि महिना यता ठेकेदार कम्पनीले काम नगर्दा कहिले काम सम्पन्न हुने हो भन्ने अन्योलता कायमनै रहेको छ । २०७६ असार ३० गतेभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लगाईएको भएपनि निर्माणको काम विचमै अवरुद्ध छ । पटक पटक ताकेदा गर्दा पनि काम नभएको बताइन्छ ।
३ करोड ८१ लाख ५० हजारमा निर्माण सम्पन्न गर्ने गरी २०७४ साउन १ गते शिवको बस्नेत जेभिसँगले ठेक्का सम्झौता गरेको थियो । २०७४ कार्तिक ६ गते तत्कालि प्रधानन्यायधिस गोपाल प्रसाद पराजुलीले भवनको शिलान्यास गरेका थिए । ठेकेदारलाई पटक पटक ताकेता गर्दापनि कामलाई गति नदिइएको बताइएको छ । ठेकेदार कम्पनीलाई सम्पर्कमा आउन भनेर सार्वजनिक सूचना नै जारी भएको छ ।
ठेकेदारले निर्माणको काममा गरेको ढिलाईका कारण कहिले सम्पन्न हुने हो भन्ने अन्योल छ । अदालतको भवन समयमा निर्माण सम्पन्न नहुँदा सागुरो पुरानो भवनमा कम गर्नु पर्ने बाध्यता छ । एउटै सानो कोठमा विभिन्न फाँट राखिएको छ । सेवा प्रदानदेखि सौचालयसम्मको व्यवस्थापनमा समस्या भएको बताईन्छ । अदालतको नयाँ भवन बनेपछि पुरानो भत्काउने भनिएपनि नयाँ भवन नबन्दा समस्या भएको छ । सुविधा सम्पन्न भवनबाट न्याय सेवा प्रदान गर्ने योजना समयमा काम नसक्दा पुरा हुन सकेको छैन् ।
ठेकेदारले समयमा भवन नबनाईदिदा सेवा प्रभावमा समस्या भईरहेको छ । यतिमात्र होईन न्याय सम्पादन गर्ने निकायको रुपमा रहेको अदालतकै काममा ढिलाई गर्ने ठेकेदार अन्यकाममा कसो गर्लान भन्ने प्रश्न उब्जिएको छ ।