प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेका छन् । बिहीबार दिउँसो संघीय संसद भवनमा ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका हुन् ।ओलीसँगको छलफलपछि काँग्रेस महामन्त्री गगन थापाले भने, ‘एमसीसी राष्ट्रसँग जोडिएको विषय भयो । गठबन्धन फुट्ने, कसको सरकार बन्ने कुरा गौण हो ।’ एमसीसी हामी सबै लागेर अगाडि बढाएको होइन । तपाईंकै पालामा संसदमा दर्ता भएको होइन ?,’ ओलीलाई देउवाको प्रश्न थियो ।
अहिले आएर एमसीसीबाट यसरी भाग्न खोज्दा देशले धेरै ठूलो मूल्य चुकाउनुपर्ने देउवाको भनाइ थियो । ‘म सबै कुराका लागि खुला छु । सरकार मेरा लागि माइनर हो । एमसीसीमा एक ठाउँ उभिएर जाऊ ।’ देउवाले एमसीसीमा मद्दत गर्न आग्रह पनि गरेका थिए ।
एमसीसीमा मलाई मद्दत गर्नुस् । हिजो एमसीसी संसदमा दर्ता गर्दा मैले अप्ठ्यारो बनाएको थिए ? त्यो बेला म सँगै उभिएको होइन ?,’ देउवाको प्रश्न छ ।