पाँचथर– खेतवारीमा तोरी फूल्ने सिजन छ । तोरी, फापर फूलेका खेतबारी यतिबेला निक्कै सुुन्दर छन् । फाल्गुनको महिना सुख्खानै हुनेभएपनि पहेलपुर तोरीले दृष्य निक्कै आर्कषक लाग्छ ।
यस्तै सुन्दर देखिन्छ फिदिम–२ मा रहेको टारी बेसीमा फूलेको तोरी र फापर फूलेको । मेची राजमार्गबाट हेर्दै सुन्दर देखिने यो ठाँउ नजिकबाट हेर्दा झन सुन्दर देखिन्छ । खेतका गराहरुमा लहलह तोरीका बोट छन् । बिच, बिचमा फूलेको फापर उत्तिकै आर्कषक छ ।
वालपेपरमा देखिनेझै गरीको दृष्य अगाउन्जेल हेर्न मिल्छ । पुरानो जोरसाल बजार नजिकै देखिने यो ठाँउमा फूलेको तोरीले निक्कै सुन्दरता दिएको छ । पल्लोटरदेखि बासपार्क जोड्ने सडकका आसपासमा तोरी र फापर फूलेको देखिन्छ ।
चल्तिको सामाजिक सञ्जाल टिकटकमा देखिने झै दृष्य देखिन्छ । ठुला ठुला गरा भएको यो बेसीमा बिभिन्न खेती लगाईएको छ । विगतमा खेतका बिचबिच घर नहुँदा झन सुन्दर देखिने गरेको बुढापाका बताउँछन् ।