सरला रेग्मी,
पाँचथर । आँखामा देखिने अनकन समस्या बढ्दै गएको अनुमान यो भिडले पनि देखाउछ ।यो भिड पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भईरहेको आँखा शिविरमा विभिन्न गाँउबाट आँखा जचाउन आउनेको हो । सोमवारदेखि शुक्रबार सम्म आफ्ना आँखामा विभिन्न किसिमका समस्या देखिए पछि जचाउन आउनेको भिड हो ।
आँखा अत्यन्तै संवेदनशिल अंङ्ग हो । मानविय असावधानिकाकारण पनि आँखामा समस्या हुने गर्छ । दृष्ट्रिदोषका विभिन्न समस्या लिएर स्वास्थ्यकर्मीसमक्ष आउने गरेकोपाईन्छ । स्वास्थ्यकर्मीले अहिलेको जल्दोबल्दो समस्या ड्राईनेस भएपनि शिबिरमा मोतियाविन्दुको विरामीको संख्या धेरै देखिएको छ । पूर्वी पहाडी जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा आँखा जचाउनेको संख्या कम छ । यतिमात्र होइन आँखामा ठुलै समस्या भएपछिमात्र स्वास्थ्यकर्मीकामा पुग्ने समस्या अर्को छ ।
पछिल्लो समयमा मोबाइल, कम्युटरको अत्याधिक प्रयोगकका कारण आँखा ड्राईनेसको समस्या देखिन थालेको छ । धेरैका आँखा कमजोर भएका छन् । बच्चाहरुलाई समेत मोवाइलमा बानी लगाउदा कलिलै उमेरमा आँखामा समस्या हुने गर्छ ।
आँखा जस्तो संवेदनशिल विषयलाई ख्याल नगर्दा समस्या हुने गर्छ । समस्या थुपरिदै जादा आँखामा अनेक समस्या थपिने गरेको छ । उमेर ढल्किदै गर्दा मोयिताविन्दु लगायतका समस्या देखा पर्ने गरेका छन् ।
आँखा उपचारका लागि पर्याप्त सुविधा पहाडी जिल्लामा छैन । अस्पतालमा आँखा जाच गर्ने ठाँउ राखिएपछि कमैलेमात्र देखाउँछन् । यस्तो शिविरमा आँखा देखाउनेको भिड हुनेगर्छ । आँखाका विरामीका अनेकन समस्या छन् ।
उक्त शिविरबाट आँखाको अप्रेशन समेत गरीएको छ । शिविरमा बुढापाका तथा तन्नेरीहरुले पनि आँखा जचाएका छन् । शिविरबाट १४ सय ५७ जना लावान्वित भए भने २ सय १८ जनाको मोतिया बिन्दुको शल्यकृया भएको छ ।
बढ्दो मोवाईल, कम्युटर तथा टिभिको प्रयोगले आँखामा समस्या बढिरहेको छ । संसार देखाउने आँखा जोगाउन सचेतहुन आवश्यक छ । यसका लागि सचेतना जगाउन पनि जरुरी छ ।