सरला रेग्मी,
पाँचथर ।आक्कल झुक्कल सडक छेउमा बसेर ¥याइँ¥याइँ सारङ्गी रेटेर गीत गाईरहेका भेटिन्छन् । विभिन्न भावका गीत गाईरहेका गन्धर्वहरुका समयअनुकुल परिवर्तन भईरहेको सुनाउँछन् ।
गाउँघर, भिरपाखाका मौलिक गीत अचेल सारङ्गीमा कम सुनिन्छन् । विशाल गन्धर्व भन्छन् ‘मौलिक गीत भन्दा अहिले चलनचल्तिको गीत सुन्न चहाने बढि छन् । सुन्नेको चाहाना अनुसारको गीत गाँउनै पर्यो ।’
विशाल गन्धर्व सहितको तिन जनाको समुहले मनाङ जिल्लाकी १९ बर्षिय युवतीको विवाह गरेकै बर्षमाभएको हत्याको घटनालाई गीतको माध्यमबाट सारङ्गी रेटेर सुनाए । यसरीनै गाउँ सहरमा भएका घटनाक्रमलाई गीतको माध्यमबाट सुन्नेको मन छुनेगरी ¥याइँ¥याइँ सारङ्गी रेट्दै सूचना प्रवाह गर्ने पेशा गन्धर्व पेशा हो । ‘यस्ता गीत अचेल कमैलेमात्र रुचाउँछन्, अब पैसा कमाउनका लागि सुन्नेका रुचिअनुसार गीत गाँउनु पर्योनै’ विशालले भने ।
गन्धर्व जातीले नेपालको लोककलालाई संरक्षण गरेका छन् । उनीहरूको पुख्र्यौली पेशा यहि हो ।
झापाको कचनकवल भन्ने ठाउँबाट गीत गाउँदै गाउँदै बिशालको समूह पाँचथरले आईपुगेर गीत सुनाए । केहि दिन फिदिमको विभिन्न चोकमा पुगेर सारङ्गी रेट्दै गीत गाए । तीन जनाको उनीहरुको समुहलाई बाबुबाजेले गाएका परम्परागत शैलीका गीत गाउन नआउने पनि होइन । तर बजारको मागलाई दृष्ट्रिगत गर्दै गाएको सुनाउँछन् । उनले भने ‘पेट अनि परिवार पाल्नु पर्छ अनि फरमाइस गीत त गाउनै पर्यो नि ।’
नेपाली लोकसंगीत र रंमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, संवद्र्घन र विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन सारङ्गी पनि हो । नेपालको भौगोलिक विशिष्टता छ । यहाँ आफ्नै प्रकारका स्थानीय धुन छन् , क्रन्दन (हाँक) छन् अनि खोलानालामा आफ्नै छुट्टै सुसेलीहरु पाइन्छन् ।
गन्धर्व जातिको मुख्य वाहुल्य कास्की जिल्लाको बाटुलेचौर भएता पनि गन्धर्व जातिको बसोबास ४१ जिल्लामा रहेको पाइन्छ । पश्चिमको सारङ्गीको धुन र पुर्वीया धुन केही फरक हुँदै गएको पाइन्छ । गण्डकी र कोशी तरेर पुर्व बसाइँसराइ गरेर आएसँगै सारङ्गीको धुन फेरेको अनुभूति हुन् थालेको छ । लेखक केदार शर्मा भन्छन् ‘बसाइँसराइले गर्दा त्यसको मुल समुदायबाट छुट्टीएपछि त्यहाँका परम्परा टुक्रिएर जान्छन, पूर्वका कयौँ नेवार समुदायले महः पुजासम्म नजानेका पनि छन् । यो गन्धर्व या नेवार समुदायको मात्र होइन बसाइँसराइमा आएको परिवर्तन मान्नु पर्छ ।’
शर्मा भन्छन् ‘बसाइँसराइले गर्दा पूर्वका गन्धर्वको धुनमात्र केही फेरिएको हो, सारङ्गीको तार बाहेक यस्को आकारमा कुनै परिवर्तन छैन ।’
सारङ्गी बिशेषगरी श्रीखण्डको काठले बनेको राम्रो मानिन्छ तर अचेल श्रीखण्ड पाउदैन त्यही भएर, कटहर, खिर्रा को चलन चल्तिमा छ । चरउ, ¥याइँ¥याइँ गर्नेलाई धनु, धुनलाई नियन्त्रण गर्नेलाई मुर्रा र तार अडिने ठाँउलाई रानी भनिन्छ । अहिले गीतार कै तार प्रयोग गर्ने गरेको बाबुराम गन्धर्व बताउँछन् ।
बिशालको सात पुस्ता झापा बसाइँसराइ सरेर आएको हो । उनी सारङ्गी रेट्दै खुसी छन् तर गीत गाउनेक्रममा भेटिएका मानिसको प्रतिकृयाले कहिलेकाही दुखलाग्ने गरेको सुनाउँछन् । ‘हात खुट्टा सग्लो छ त कमाएर खानु नि भन्ने भेटिन्छन्’ उनी सुनाउँछन् ‘कोहिले बिदेश गएर पैसा कमाउनु नि किन डुल्दै हिडेको भन्ने गरेका पनि छन् । भगवान्को पालादेखि हाम्रा पुर्खाले गाउँदै हिडेको हाम्रो त पेशा नै यहि कसरी छोड्नु ? तर कहिलेकाहीँ त गन्धर्व पेशा जोगाउनु पर्छ है भाइ भन्ने पनि भेटिदा खुशी लाग्छ ।’
पछिल्लो समयमा यो कलालाई निरन्तरता दिनेको संख्या घट्दै गएको छ । बिशालकै गाउँमा पनि धेरै गन्धर्वहरुले गाडी कुदाउने, बिदेश जाने, तथा अन्य का मगर्न थालेका छन् । उनीहरूको जीवन्त आवाज विद्युतिय माध्यममा आउन थालेपछि यो कला ओझेलमा परेको मानिन्छ ।
मौखिक रुपमा भएका घटना व्यक्त गर्ने र अर्को व्यक्तिलाइ ती गीत सुनाउने ईतिहास छ गन्धर्वसँग तर समय परिवर्तन सँगै अचेल सिनेमाका गीत धेरै मनपरनउँन थालिएको छ । सारङ्गी उस्तै भएपनि सारङ्गी पुर्व आएसँगै धुन बद्लीएको छ । या भनौं जीविकोपार्जनले परिवर्तन बनाएको छ ।
बि.सं. २०६८ सालको जनगणना अनुुसार गन्धर्व जातिको जनसंख्या ६ हजार सात सय ९१ छ । झापाको कचनकवलमा गन्धर्व जातिको ४० घर रहेको छन् । यि मध्ये २६÷२७ जनाले यो पेशामा लागेको बाबुराम बताउँछन् । गाउदै हिड्दाको फरक फरक अनुभव छ उनीहरुसँग भेटिन्छ । देशका विभिन्न ठाँउका अनेकन अनुभव गन्धर्वहरुसँग पाईन्छ । काठमाडौँमा गीत गाँउदा सडकनै जाम भएको अनुभव सुनाउदा विशाल निक्कै खुसि देखिन्थे । त्यसोत पहाडका भिरपाखाान भोकै। प्यासै हिड्दाका कठिन अनुभव पनि छन् ।
बाबुराम गन्धर्व भन्छन् सारमिा पनि दुई किसिमको बिधा छ एउटा विरहरुले गरेको पुरुषार्थ बखान गरेर अनि अर्को कुनै पनि घटनालाइ बिषय बनाएर गाइने गरिन्छ । २०७५ साल फागुन २ गते आदर्श समाजमा प्रकाशित प्रा. डा कुसुमाकर न्यौपानेको ‘गन्धर्वले गाउने मौखिक इतिहास’ लेखमा पनि उक्त विषयको व्याख्या गरीएको छ । गन्धर्वका दुई बिधा कर्खा र घटनाका बारे चर्चा गरिएको छ । नेपाल एकीकरण गर्दा गन्धर्वहरुले कर्खा गाएर योद्धाहरुलाई जोस्याउने गरेको उक्त लेखमा उल्लेख गरिएको छ ।
नेपाल एकीकरणको समयका हिरादेवी गाइने, मणिराम गाइने, बखतवीर बूढापृथी लगायतको योगदान र पछिल्लो समयमा ०६२÷६३ को जनआन्दोलनमा बालकलाकार रुविन गन्धर्वले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ ।
गन्धर्व पेशामा महिलाको उपस्थिती निकै न्यून छ । गाउँका भिरपाखा हिड्ने हुँदा महिलाहरुले सुरक्षित महसुस नगर्दा संख्या काम भएको बाबुरामको तर्क छ ।
जाती अहिले आधुनिकता र बिद्धुतिय उपकरण भित्रिए यो पेशा अपानाउनेको संख्या काम हुदै गएको पाईन्छ । यिनै जातजाति, वनजङ्गल, भीरपाखा, र खोलानालासँग मितेरी लाउँदै नेपालका लोक गीत–संगीत, लोक जीवन र लोक सँस्कृतिलाई गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगीको माध्यमबाट जीवन्त बनाइरहेका छन् । नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा गन्धर्व जातिको सहभागीता रहेको पाइन्छ ।
निशान गन्धर्व
बाबुराम गन्धर्व
पण्डित ओमप्रकाश पोख्रेलका अनुसार धार्मिक ग्रन्थमा भगवान्लाई समेत खुशी बनाउन सक्ने शक्तिशाली प्राणिको रुपमा गन्धर्वलाई लिइन्छ । कश्यप ऋषिका तीन पत्नीबाट सुरु भएको सृष्टिमा क्रमशः गन्धर्व, यक्ष, र राक्षस (असुर) बने । गन्धर्व विशिष्ट शक्तियुक्त मानवेतर प्राणी हुन् । गन्धर्वलाई संगीत र कलाका विशिष्ट शक्ति प्राप्त छन् । यिनीहरु स्वर्गमा बस्छन् । यिनले संसारकै सुन्दर स्त्री अप्सरालाई पनि मत्रमुग्ध बनाउने कौशल यिनिहरुमा रहेको भागवत् गीतामा बताइन्छ । छविश्वावसु एक गन्धर्वको नाम हो जसको उल्लेख मेघदूतमा आउँछ । चित्ररथलाई प्रमुख गन्धर्व (गीता १०.२६) बताइएको छ ।
झापा, ईलाम हुँदै पाँचथर आएका विशाल, बाबुरामको ले यस पल्ट केहिदिन फिदिममा सारङ्गी रेटे, अब केहीदिन ताप्लेजुङ जाने योजना छ । विशाल भन्छन् ’ बर्षायाममा मात्र हो सारङ्गी नबजाउने, एक बर्षमा ४ महिना घर बस्छौं बाकी दिन डुल्दै गीत गाउँदै जान्छ । उनीहरुका आवजले केहिको मन पक्कै जिते । केहिले त उनीहरुलाई वास्ता गरेनन् पनि होला । गीत गाँउदै, गीतमा कथा सुनाउदै हिड्ने गन्र्धवहरु समय अनुसार परिवर्तन हुदैँ पनि छन् । यस किसिमका संस्कृति, परम्परालाई संरक्षण र व्यवस्थीत गर्दै लैजानु सरकारको दायित्वमा पर्छ ।
सारंगी बजाउदै बाबुराम गन्धर्व, बिशाल गन्धर्व, निशान गन्धर्व